प्रधानमन्त्री बालेनले आज नेपाल प्रिमियर लिगको उद्घाटन गर्ने
काठमाडौँ – काठमाडौँमा आजदेखि नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न साढे चार बजे सुरु हुने तालिका छ।
प्रधानमन्त्री बालेनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी नेपाली खेलाडी, आयोजक, क्रिकेट सङ्घ तथा अन्तर्राष्ट्रिय खेलाडीलाई शुभकामना दिनुभएको छ। प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन्। एनपीएलका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।

