एनपिएल नेपाली खेलकुदको उत्सवका रूपमा स्थापित भएको प्रधानमन्त्री शाहको भनाइ
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग अर्थात् एनपिएल केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको बताउनुभएको छ। एनपिएलको तेस्रो संस्करण आजदेखि सुरु हुन लागेको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्नुभएको छ।
प्रधानमन्त्री शाहले प्रतियोगिताको सफलताका लागि नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट सङ्घलाई शुभकामना व्यक्त गर्नुभएको छ। एनपिएलको उद्घाटन खेल आज साँझ पाँच बजे सुरु हुँदैछ। उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
Facebook Comments Box

