ठमेलबाट युगाण्डाका २० महिला पक्राउ

काठमाडौँ, ११ चैत – काठमाडौँको ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा पर्यटकसँग पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गरेको आरोपमा २० विदेशी महिला पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै महिला युगाण्डाका नागरिक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले स्वदेशी तथा विदेशी पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्दै दुःख हैरानी दिने गरेको पाइएको छ।

पक्राउ परेकालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरमार्फत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

Facebook Comments Box