चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन, २१ असार – चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा र उनका चार वर्षीय छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।

हात्तीलाई धपाउने प्रयासमा आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा आगलागी भएको थियो। आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box