काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि विद्युत् कटौती, दैनिक साढे पाँच घण्टा आपूर्ति बन्द हुने

काठमाडौँ । काठमाडौँका एक दर्जनभन्दा बढी स्थानमा आजदेखि दुई सातासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो । विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि आजदेखि मङ्सिर १२ गतेसम्म दैनिक बिहान साढे १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ ।

यसैक्रममा आज बलम्बु–थानकोट सबस्टेसनअन्तर्गत बल्खुखोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले लाइन भूमिगत गर्ने कार्यका क्रममा तोकिएका क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएकाले उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

Facebook Comments Box