पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
नुवाकोट, ११ चैत – शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारका क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको घटनास्थलमै मृत्यु भएको हो।
सडक विस्तारमा कार्यरत ललितपुरका २४ वर्षीय स्काभेटर चालक अमृत तामाङ भने पहिरोमा पुरिएर बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बेपत्ता तामाङको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासी परिचालित भएका छन्। प्रहरीका अनुसार तामाङ केही दिनअघि मात्र स्काभेटर चलाउन नुवाकोट आएका थिए।
Facebook Comments Box

