मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँग भएको भेटमा रिजालले उम्मेदवारी फिर्ता लिने सहमति भएको हो। सभापति थापाले रिजाललाई उपसभापतिको उम्मेदवार नबन्न आग्रह गर्दै महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासन दिएका थिए।

सभापति थापाको आग्रहपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएको उनका स्वकीय सचिव जितेन्द्र ठकुरीले जानकारी दिएका छन्। ठकुरीका अनुसार सभापति थापाले सार्वजनिक रूपमा र व्यक्तिगत भेटमा समेत रिजाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।रिजालले सभापति थापासँग भएको भेट तथा उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका छन्।

Facebook Comments Box