एनपिएलः आज दुई खेल हुने
काठमाडौँ, १६ मङ्सिर – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेल हुनेछ। बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
लगातार चार खेलमा हार व्यहोरेर पुछारमा रहेको जनकपुरले प्लेअफ आशा कायम राख्न आजको खेल जित्नु पर्नेछ। चारमध्ये दुई खेल जितेको चितवनले भने यो जितसँगै प्लेअफ सम्भावना अझ सुदृढ बनाउन खोज्नेछ। अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। दुवै टोलीका लागि यो खेल प्लेअफ प्रवेशका दृष्टिले महत्वपूर्ण मानिएको छ। चार खेलमा एक जित हासिल गरेको पोखराका लागि आजको नतिजा निर्णायक बन्न सक्छ।
Facebook Comments Box

