बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौँ, १६ मङ्सिर – दक्षिण–पश्चिम बङ्गालको खाडी तथा भारतको तमिलनाडु आसपास केन्द्रित न्यून चापीय प्रणालीको आंशिक प्रभाव कोशी, मधेस र वाग्मती प्रदेशमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ। काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ। आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ।
Facebook Comments Box

