पछिल्लो २४ घण्टामा देशभर ४ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ फागुन – पछिल्लो २४ घण्टामा देशभर ४ जानामा कोरोना संक्रमण पुष्टि । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०९ आरटी पीसीआर तथा १ हजार ३३५ एन्टीजेन परिक्षण सहितर १ शजार ५४४ जनाको परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ३५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ९२ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको छ ।

Facebook Comments Box