काठमाडौँ उपत्यकामा १४९ जना सहित देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९ जना सहित देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०८ भक्तपुरमा ८ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा ४ हजार २४३ जनाको पीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ९८९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ६४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ११३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको संख्या सून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ३६ रहेको छ ।

Facebook Comments Box