एनपिएल क्रिकेटः आज दुई रोमाञ्चक खेल हुने

काठमाडौँ, १२ मङ्सिर — राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुने भएका छन्।त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ। दोस्रो खेल अपराह्न ४:०० बजे कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्।

चितवन राइनोज चार अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँ गोर्खाजले अहिलेसम्म दुई अङ्क मात्र जोडेको छ। तीन खेलबाट दुई अङ्क बटुलेको कर्णाली याक्सका लागि प्लेअफमा आशा कायम राख्न आजको खेल जित्नु अत्यावश्यक छ। अङ्कतालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किङ्सले चार खेलबाट छ अङ्क जोडेको छ। आज कर्णालीविरुद्ध जित निकाल्न सके प्लेअफ यात्रा काठमाडौं सहज बन्नेछ।

Facebook Comments Box