आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौँ, ६ भदौ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७४ पैसा कायम भएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा तोकिएको छ।
त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४ रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा, र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा कायम भएको छ।
यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५७ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ १७ पैसा, तथा ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले तोकेको विनिमयदरमा आवश्यक परे जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्न सक्ने र अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जानकारी दिइएको छ।

