काठमाडौँ उपत्यकामा १७२ जना सहित देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २७ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जना सहित देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२, भक्तपुरमा २५ र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ४१६ आरटी पीसीआर तथा २ हजार ८२० एन्टीजेन परिक्षण सहित १३ हजार २३६ जनाको परिक्षण गर्दा ३४१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३७६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५५७ रहेको छ ।

