धादिङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, नौ जना घाइते

काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १ बजेर ५५ मिनेटमा लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब चार सय मिटर तल खसेको हो ।

दुर्घटनामा जिपमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ की ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिनुभएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments Box