प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज जानकारी दिँदै
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भएको छ । मन्त्रालयले आज बिहान ११ बजे मन्त्रालयको सभाहलमा प्रेस ब्रिफिङ आयोजना गर्न लागेको हो ।
प्रेस ब्रिफिङमा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, भ्रमणका क्रममा प्रस्तुत गरिने नेपालको राष्ट्रिय धारणा तथा भ्रमणमा सहभागी हुने टोलीलगायतका विषयमा जानकारी गराइने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
Facebook Comments Box

