देश परिवर्तनका लागि सबैको एकता आवश्यक छः अध्यक्ष साम्पाङ
भोजपु, ७ मङ्सिर – श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले देश परिवर्तनका लागि सबै शक्ति र वर्गले एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रममा उनले श्रमबिना परिवर्तन सम्भव नहुने जनाउँदै सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राखे।
अध्यक्ष साम्पाङले युवालाई देशको मुख्य जनशक्ति भन्दै उनीहरूको ऊर्जा र क्षमताको सही दिशामा उपयोग हुनुपर्नेमा बल दिए। “युवाले आफूहरू कसरी र कसरी परिचालित भइरहेका छन् भन्ने बुझ्नुपर्छ,” उनले भने। युवाले अब श्रम र कर्मलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनको तर्क थियो।
उनीले आगामी दिनमा सबैको सोच, व्यवहार र कार्यशैलीमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै देश निर्माणमा सक्रियरूपमा सहभागी हुन सबैलाई आग्रह गरे।

