गलकोटमा बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति
बागलुङ । बागलुङको गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो तथा हुरीका कारण ६३ घरमा क्षति पुगेको छ । गलकोट नगरपालिकाका अनुसार बाढी तथा पहिरोबाट एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको हो। यस्तै, अन्य १३३ घरमा आंशिक क्षति पुगेको छ ।
हुरीका कारण ३९ घर पूर्ण रूपमा र ५२ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ । यसैगरी, पक्की सिँचाइतर्फ २१ वटा संरचनामा ठूलो र २४ वटा संरचनामा सामान्य क्षति पुगेको छ। कच्ची सिँचाइतर्फ पनि २०३ वटा संरचनामा क्षति पुगेको नगरपालिकाको तथ्याङ्क छ ।
Facebook Comments Box

