रास्वपाले १३ विभागका प्रमुख र दुई उपप्रमुख मनोनयन गर्‍यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ वटा विभागका प्रमुख तथा दुई विभागका उपप्रमुख मनोनयन गरेको छ। शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।

रास्वपाका अनुसार प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशीकरण विभाग प्रमुखमा रुविना आचार्य मनोनित हुनुभएको छ।

त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभाग प्रमुखमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुखमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग प्रमुखमा ज्ञानेन्द्र महता र श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग प्रमुखमा दीपककुमार साह (महोत्तरी)लाई जिम्मेवारी दिइएको छ।

यसैगरी, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग प्रमुखमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुखमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग प्रमुखमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग प्रमुखमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग प्रमुखमा रिमा विश्वकर्मालाई मनोनित गरिएको छ। बैठकले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लीश्वर कार्कीलाई पनि मनोनित गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

Facebook Comments Box