पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा सवारी आवागमन बन्द हुने

काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आज सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।

निर्माण कार्यका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्ड बन्द गर्न लागिएको प्रशासनले जनाएको छ। प्रशासनले सवारी चालक तथा यात्रुलाई बन्द अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियम तथा सडक अनुशासन पालना गर्न आग्रह गरेको छ।

Facebook Comments Box