रास्वपा सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीति र सङ्गठनबारे छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा आयोजना हुने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ।
बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै पार्टीका विभिन्न साङ्गठनिक विषयमा समेत छलफल हुने प्रवक्ता खरेलले बताउनुभएको छ।
Facebook Comments Box

