कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ। निर्वाचन समितिका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण समारोह आयोजना हुनेछ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सभापतिबाहेकका पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिनेछन्। सभापति गगनकुमार थापाले भने असोज ३१ गते नै शपथ ग्रहण गरी पदबहाली गरिसक्नुभएको छ। असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो।
कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६६ सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान रहेको छ। बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल गर्न आजै केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारीसमेत गरिएको छ।

