इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा गर्दै राष्ट्रपति हर्जोग

काठमाडौँ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज देशको नयाँ प्रधानमन्त्री घोषणा गर्ने तयारी गर्नुभएको छ। इजरायलमा सरकार गठनका लागि संसद्का कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी नेता गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन रहेको छ भने वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ४६ सांसदको मात्रै समर्थन छ। यस आधारमा नेतन्याहुले सरकार गठनको पहिलो अवसर नपाउने अनुमान गरिएको छ।

इजरायलमा कुनै पनि राजनीतिक दलले एकल बहुमत प्राप्त गर्न नसकेका कारण गठबन्धन सरकार गठन हुँदै आएको छ। राष्ट्रपति हर्जोगले बिहीबार संसद्मा निर्वाचित सबै दलका नेताहरूसँग सरकार गठनका विषयमा परामर्श गर्नुभएको थियो।

परामर्शपछि उहाँले सांसदहरूको धारणा पहिलो नजरमा स्पष्ट देखिए पनि विभिन्न राजनीतिक दल र समूहबीच धेरै विषयमा मतभेद रहेको बताउनुभएको छ। दलहरूबीच एकअर्काप्रति समेत असहमति रहेकाले सांसदहरूको सिफारिसका आधारमा मात्रै सरकार गठनबारे निर्णय गर्न नसकिने राष्ट्रपति हर्जोगको भनाइ छ।

Facebook Comments Box