मोरङमा रड प्रहारबाट एक जनाको मृत्यु, श्रीमती फरार

काठमाडौं । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय बुधराम सोरेन रहेका छन् । प्रहरीका अनुसार आइतबार राति करिब १० बजे बुधराममाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले टाउकोमा रड प्रहार गरेका थिए ।

रड प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएका छन् । घटनापछि मिश्र पक्राउ परेका छन् भने फरार रहेकी कमलीको खोजी भइरहेको प्रहरीले जनाएको छ । बुधराममाथि आक्रमण गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box