जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
काठमाडौँ, २९ भदौ – भदौ २३ र २४ गतेका दिन देशभर फैलिएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार आन्दोलनमा जेनजी युवासहित २१ जना, कैदी ९ जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित ३ जना र १८ जना आगलागी, करेन्ट लाग्ने लगायत अन्य कारणले मृत्यु भएका छन्।
घिमिरेले भने, “कतिपय घाइतेको अवस्था अझै गम्भीर छ, त्यसैले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ।” आन्दोलनमा एकजना भारतीय नागरिक पनि मारिएका छन्
Facebook Comments Box

