एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी सात अंकसहित बलियो अवस्थामा छ। लुम्बिनीले चार खेलमध्ये तीनमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ।

यता, काठमान्डु चार अंकसहित तालिकाको चौथो स्थानमा छ। काठमान्डुले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। आजको खेलमा अपराजित लुम्बिनी आफ्नो विजयी यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने प्रयासमा रहनेछ।

Facebook Comments Box