काठमाडौं उपत्यकामा २४ घण्टामा ६८२ सवारी चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६८२ जना सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६३ जना, सिसिटिभी निगरानीमार्फत १९ जना र रातो बत्ती उल्लङ्घन गर्ने ३५ जना चालक कारबाहीमा परेका हुन्।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ३८ जना, हर्न निषेधको नियम उल्लङ्घन गर्ने १२ जना, लेन क्रस गर्ने ६ जना, सवारीसाधनको अवस्था ठीक नभएका १४ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने सात जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले अन्य नियम उल्लङ्घनमा ४८८ जना चालकलाई कारबाही गरेको जनाएको छ।
Facebook Comments Box

