तुइनखोला क्षेत्रमा पहिरो पन्छाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने काम हुने भएपछि आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको छ।

पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। यद्यपि, काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्गमा भने सवारी आवागमन नियमित रहने प्रशासनले स्पष्ट पारेको छ।

Facebook Comments Box