परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच न्युयोर्कमा वार्ता
न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय वार्ता भएको छ । भेटमा नेपाल–अमेरिका सम्बन्ध, हालै भोटेकोशी नदीमा आएको बाढीपछि जारी राहत तथा पुनर्निर्माणका कामलगायतका विषयमा छलफल भएको अमेरिकास्थित नेपाली नियोगले जनाएको छ ।
वार्ताका क्रममा बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माणका प्रयासमा अमेरिकाको निरन्तर सहयोगका विषयमा समेत छलफल भएको जनाइएको छ । भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत नेपाल सरकारका उच्च अधिकारीहरूको सहभागिता थियो ।
Facebook Comments Box

