प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी
काठमाडौँ, २५ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ जारी मतगणनामा हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ। जारी मतगणनामा रास्वपा थप एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ।
यसैगरी नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ। नेकपा (एमाले) ले आठ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने एक क्षेत्रमा अगाडि रहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी सात निर्वाचन क्षेत्रमा विजयी भएको छ।
श्रम संस्कृति पार्टीले तीन स्थानमा जीत हात पारेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले एक–एक निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्। देशभरका बाँकी निर्वाचन क्षेत्रमा मतगणना कार्य भने जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

