भूमे पर्व आज मनाइँदै, चार जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा
तुलसीपुर (दाङ), १ असार – भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठान जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिनुहुँदै, ती जिल्लामा रहेका समुदायले भूमे पर्व विशेषरूपमा मनाउने भएकाले बिदा दिने निर्णय गरिएको बताउनुभयो।
मगर समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको भूमे पर्व लुम्बिनी प्रदेशमा विशेष महत्वका साथ मनाइन्छ। विगत वर्षहरूमा पनि प्रदेश सरकारले यो पर्वको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।
Facebook Comments Box

