समानुपातिकतर्फ मतगणना जारी : ७५ लाख ७५ हजारभन्दा बढी मत गणना, रास्वपा अग्रस्थानमा

काठमाडौँ, २५ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना जारी रहेको छ। हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार आज बिहान ५ः५० बजेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ।

त्यस्तै नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० लाख ४७ हजार ५१२ मत ल्याएको छ। नेपाली कम्युनिष्ट पार्टीले पाँच लाख ३८ हजार २७० मत प्राप्त गरेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५८ हजार ६६६ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले दुई लाख ४० हजार ७६३ मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ मतगणना कार्य अझै जारी रहेको छ।

Facebook Comments Box