सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह सँग गनकुमार थापा पराजित
सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी
सर्लाही, २४ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ। अन्तिम मतगणनाअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभएको छ।
सिंहको यस जितसँगै ह्याट्रिक पूरा भएको छ भने गगनकुमार थापाको यो पहिलो पराजय हो। थापाले ०६४ सालको निर्वाचनमा समानुपातिक सांसदको रूपमा काठमाडौं–४ बाट लगातार जितको रेकर्ड बनाएका थिए। यसपटक मधेश क्षेत्रबाट चुनाव लडेका थापाले पराजय बेहोर्नु परेको हो।
Facebook Comments Box

