अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल पराजित
काठमाडौं, २३ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं–१ मा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँर विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले १० हजार २३३ मत प्राप्त गर्दै ५२६ मतले पराजित भएका हुन्।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार दीपकबहादुर साउदले सात हजार ३८९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहको पक्षमा १०२ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
Facebook Comments Box

