म्याग्दीबाट महाविर पुन निर्वाचित

म्याग्दी, २३ फागुन  – म्याग्दीबाट स्वतन्त्र उम्मेदवार तथा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गर्नुभएको छ। बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

Facebook Comments Box