चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौँ, १९ फागुन – नेपाल आयल निगमले आसन्न निर्वाचनका क्रममा पनि पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहने जनाएको छ। निगमले इन्धनको आयात अवरुद्ध नहुने भएकाले अनावश्यक रूपमा भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी सूचनामार्फत पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको र निर्वाचन अवधिभर पर्याप्त मात्रामा आपूर्ति जारी रहने जानकारी दिनुभयो। उहाँले अनावश्यक रूपमा जेरीक्यान वा ड्रममा इन्धन भण्डारण गर्दा आगजन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न अनुरोध गर्नुभएको छ।

सम्भावित दुर्घटनाबाट जोगिन आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ। निगमले इन्धन आपूर्तिबारे अफवाहमा नपर्न र संयमित रूपमा खरिद गर्न सबै उपभोक्तासमक्ष अनुरोध गरेको छ।

Facebook Comments Box