एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
काठमाडौँ, २ चैत – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा लाई चयन गर्ने सहमति भएको छ। अध्यक्ष पदका अन्य उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि शर्माको नाममा सहमति जुटेको हो। अध्यक्षका लागि शर्मासहित रोबिन शेरचन र रबिन बज्राचार्य ले उम्मेदवारी दिनुभएको थियो।
एनआरएनए निर्वाचन समिति का अनुसार सबै पदको नतिजा एकैपटक सार्वजनिक गरिनेछ। समितिले आजै कार्यसमितिको पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ। निर्वाचनभन्दा सहमतिका आधारमा कार्यसमिति चयन गर्ने तयारी गरिएको बताइएको छ।
सुशीला कार्की को प्रमुख आतिथ्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिने एनआरएनए सचिवालय ले जनाएको छ। शनिबारदेखि सुरु भएको एनआरएनए १२औँ अधिवेशन आज सम्पन्न हुँदैछ।
Facebook Comments Box

