सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
काठमाडौँ, ६ फागुन – राहदानी विभागले सार्वजनिक बिदाका दिन पनि सेवा जारी राख्ने जनाएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानीसम्बन्धी अत्यावश्यक सेवा उपलब्ध गराइने जानकारी दिएको हो।
सरकारले आज ग्याल्पो ल्होसार र भोलि प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ। आज राहदानी वितरण सेवा प्रदान गरिनेछ भने बिहीबार राहदानीका लागि आवेदन फारम सङ्कलन गरिने विभागले जनाएको छ। अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालनमा राखिएको विभागले स्पष्ट पारेको छ।
Facebook Comments Box

