आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौँ, ४ फागुन – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४४.७२ र बिक्रीदर रु १४५.३२ कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर रु १७१.७६ र बिक्रीदर रु १७२.४७, युके पाउन्ड स्टर्लिङ एकको खरिददर रु १९७.५४ र बिक्रीदर रु १९८.३५ तथा स्विस फ्र्याङ्क एकको खरिददर रु १८८.५२ र बिक्रीदर रु १८९.३१ तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर रु १०२.३९ र बिक्रीदर रु १०२.८१, क्यानेडियन डलर एकको खरिददर रु १०६.२७ र बिक्रीदर रु १०६.७१ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११४.६५ र बिक्रीदर रु ११५.१२ कायम भएको छ। जापानी येन १० को खरिददर रु ९.४८ र बिक्रीदर रु ९.५२, चिनियाँ युआन एकको खरिददर रु २०.९५ र बिक्रीदर रु २१.०३, साउदी अरेबियन रियाल एकको खरिददर रु ३८.५९ र बिक्रीदर रु ३८.७५ तथा कतारी रियाल एकको खरिददर रु ३९.७० र बिक्रीदर रु ३९.८७ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर रु ४.६६ र बिक्रीदर रु ४.६८, युएई दिराम एकको खरिददर रु ३९.४० र बिक्रीदर रु ३९.५६, मलेसियन रिङ्गेट एकको खरिददर रु ३७.०४ र बिक्रीदर रु ३७.१९, दक्षिण कोरियन वन १०० को खरिददर रु १०.०५ र बिक्रीदर रु १०.०९, स्विडिस क्रोनर एकको खरिददर रु १६.२२ र बिक्रीदर रु १६.२९ तथा डेनिस क्रोनर एकको खरिददर रु २२.९९ र बिक्रीदर रु २३.०९ कायम गरिएको छ।

त्यसैगरी हङकङ डलर एकको खरिददर रु १८.५२ र बिक्रीदर रु १८.५९, कुवेती दिनार एकको खरिददर रु ४७४.२६ र बिक्रीदर रु ४७६.२२, बहराइन दिनार एकको खरिददर रु ३८३.८५ र बिक्रीदर रु ३८५.४४ तथा ओमानी रियाल एकको खरिददर रु ३७५.९२ र बिक्रीदर रु ३७७.४८ तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Facebook Comments Box