पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौँ, ४ फागुन – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै पेट्रोल, डिजल र मट्टीतेलको मूल्य आजदेखि नयाँ दर अनुसार लागू भएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु १ माथि बढेर मूल्य निर्धारण भएको छ भने डिजल र मट्टीतेलमा प्रतिलिटर रु ३ले मूल्य वृद्धि भएको छ।

नयाँ मूल्यअनुसार:

  • काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ।

  • सुर्खेत र दाङमा प्रतिलिटर रु १५५ निर्धारण भएको छ।

  • चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५३.५० कायम गरिएको छ।

यस्तै, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ। यो मूल्य समायोजन आजदेखि लागू भइसकेको छ र आगामी मूल्य संशोधन नभएसम्म लागू रहने जानकारी प्राप्त भएको छ।

Facebook Comments Box