आइफोन वितरणबारे सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिनाको खण्डन
काठमाडौं, ६ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकारले मन्त्रीहरूलाई आइफोन वितरण गर्ने कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। हालै सार्वजनिक भएका यस्ता समाचारप्रति प्रतिक्रिया दिँदै उनले उक्त दाबी भ्रामक रहेको बताएका छन्। “सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने कथा कसको कल्पनामा किन निर्माण भयो?” भन्दै उनले प्रश्न उठाएका छन्।
मन्त्री तिमिल्सिनाले कुनै पनि सूचना साझा गर्नु अघि त्यसको स्रोत र विश्वसनीयता सुनिश्चित गर्न सबैलाई आग्रह गरेका छन्। उनले वर्तमान सरकार नागरिकको हितमा केन्द्रित रहेको उल्लेख गर्दै करदाताको पैसाको दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ,” उनले भने।
Facebook Comments Box

