सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तानसेन, २ फागुन – तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपर आज ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कालीगण्डकी गाउँपालिका–पुर्तिघाटका ३१ वर्षीय मिलन सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा घाइते भएकी अर्की एक महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरी चौकी दोभानको टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो।

उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box