ललितपुरमा मिनी ट्रक दुर्घटना : चार जनाको मृत्यु

ललितपुर, २ फागुन – ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शुक्रबार राति प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालक गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई पुरुषलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

Facebook Comments Box