समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न
भक्तपुर, १२ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आज समानुपातिकतर्फका दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गर्नेछ। यसअघि केन्द्रले १० लाख ९८ हजार २०0 नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ।
Facebook Comments Box

