रेशम चौधरीले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ, ९ माघ – नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ।
कैलाली क्षेत्र नम्बर १ बाट फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ दिएको उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि भोलिपल्टै उहाँले उक्त निर्णय बदर गराउन रिट दायर गर्नुभएको हो।
सर्वोच्च प्रशासनले रिट दर्ता गरी आइतबारका लागि पेसी तोकेको छ। टीकापुर घटनासम्बन्धी मुद्दामा रेशम चौधरीले राष्ट्रपतिबाट आममाफी पाएका थिए।
तर निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जन्मकैद सजाय भोगेका व्यक्तिलाई उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको भन्दै उहाँको उम्मेदवारी खारेज गरेको थियो।
Facebook Comments Box

