अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ, २२ पुस – नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा तोकिएको छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ तथा स्वीडिस र डेनिस क्रोनरको बिक्री–खरिददर क्रमशः १५ रुपैयाँ ६३/१५ रुपैयाँ ६९ पैसा र २२ रुपैयाँ ५४/२२ रुपैयाँ ६४ पैसा रहेको छ।

त्यसैगरी, हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९८ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जनाइएको छ।

Facebook Comments Box