अखिल क्रान्तिकारी औपचारिक रूपमा विभाजन
काठमाडौँ, १८ असार – सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी औपचारिक रूपमा विभाजन भएको छ। पदाधिकारी चयनमा असन्तुष्ट उपाध्यक्ष पवन कार्की पक्षले आज समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको हो।
त्यसका लागि कार्की पक्षले आज बिहान १० बजे बानेश्वर क्याम्पसमा भेला आयोजना गर्दै छ। समानान्तर कमिटी घोषणा गरेपछि क्रान्तिकारी औपचारिक विभाजन हुनेछ। यसअघि उपाध्यक्ष पवन कार्कीलगायत १० नेतालाई अध्यक्ष पञ्चा सिंहले कारबाही गरेकी थिइन्।
Facebook Comments Box

