सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १९ मंसिर – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

सभापति देउवाको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय मुद्दासम्बन्धी विषयमा छलफल भएको थियो।

भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी रहे। जेनजी आन्दोलनपछि मुलुकका दुई ठूला दलका प्रमुखबीच पहिलो औपचारिक भेटवार्ता भएको हो।

Facebook Comments Box