मड्रिड डर्बीमा रियललाई हराउँदै एथलेटिको दोस्रो स्थानमा
काठमाडौँ । स्पेनिस ला लिगाको मड्रिड डर्बीमा एथलेटिको मड्रिडले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । जितसँगै एथलेटिको १६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ५२औँ मिनेटमा रियलका डिन हुइजसेनले पेनाल्टी क्षेत्रमा जुलियानो सिमिओनेलाई फाउल गरेपछि भिएआरको सहायतामा रातो कार्ड पाए । प्राप्त पेनाल्टीमा अलेजान्द्रो ग्रिमाल्डोले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाए ।
६ मिनेटपछि जोनाथन डेभिडले गोल गर्दै एथलेटिकोको अग्रता दोब्बर बनाए । रियलका एन्टोनियो रुडिगरले ८९औँ मिनेटमा गोल गरे पनि खेल बराबरीमा फर्काउन सकेनन् । सात खेलबाट २१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । एथलेटिको १६ अंकसहित दोस्रो र रियल मड्रिड १५ अंकसहित चौथो स्थानमा छ । यसैबीच, गएरातिका अन्य खेलमा गेटाफेले मालागालाई १–०, भिल्लारियलले लेभान्तेलाई ३–१ र रियल सोसिडाडले भ्यालेन्सियालाई ३–२ ले हराएका छन् । डिपोर्टिभो र रियल बेटीसले भने १–१ को बराबरी खेलेका छन् ।

