राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचन सुरक्षा लागि सेना परिचालनको स्वीकृति
काठमाडौँ, ११ मङ्सिर – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ गर्न नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई स्वीकृति प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा सोमबार जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको निर्णयका आधारमा सेना परिचालन अनुमोदन गरिएको उल्लेख छ।
विज्ञप्तिमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाको तैनाथी आवश्यक ठहरिएको र सोअनुसार सेना परिचालन गर्ने निर्णय कार्यान्वयनमा आएको स्पष्ट गरिएको छ।
Facebook Comments Box

